Saturday, October 31, 2015

दुबै खुट्टा नभएकी सुन्दरी मोडेल भन्छिन् : मलाई सेक्सी देखिन खुट्टा चाहिन्न (फोटोफिचर सहित)

                 यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको हकमा पनि यहीँ सत्य लागु हुन्छ । जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ अहिले १ हजार डलर भन्दा बढि छ । अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या सेसर पेशाले मोडेल हुन् । विभिन्न ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ भनौँ खुट्टाको नामोनिसानै छैन । कम्मर माथि सबै ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको नाउँमा केवल दुइवटा डल्ला मात्र छन् ।                
थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो जिवनको पूर्वार्धमा निकै दुख पाइन् ।
 थाइल्याण्डका बौद्ध मन्दिर बाहिर मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको १ महिनामै उनका बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको हुँदा एक दयालु अमेरिकी दम्पतिले उनलाई अपनाए र अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए । आज उनी अमेरिकाको लस एन्जल्समा धूम मच्चाइरहेकी छिन् ।

Monday, August 10, 2015

प्युठान र महोत्तरीमा बस दुर्घटना, १५ जनाको मृत्यु


प्युठान सदरमुकाम खलंगाबाट बांगेमरोटको सौतामारे जाँदै गरेको स्वर्गद्वारी यातायातको ना ३ ख ८३८३ नम्बरको बस सारीबाङको घुम्तीबाट खोंचमा खस्दा घटनास्थलमा ५ जनाको तथा अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा थप ५ मृत्यु भएको हो ।

२५ साउन, काठमाडौं । प्युठान र महोत्तरीमा सोमबार भएका बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । प्युठानमा १० र महोत्तरीमा ५ जनाको मृत्यु भएको हो 
Bus-Accident-in-Pyuthan.jpg (650×390)मृत्यु हुनेहरुमा प्युठान नगरपालिका २ का ३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु शिबगढीका १७ वर्षीय लंकबहादुर रावल, प्युठान नगरपालीका १५ निबासी ३२ वर्षीय माया केसी, प्युठान १५ तोरबाङका ४५ वर्षीय नरेन्द्र जिसी, सोही ठाउँका २७ वर्षीय बस चालक दानबहादुर पोख्रेल, प्युठान १५ का ३५ वर्षीय हस्तबहादुर बस्नेत र दाङ गढवाकी २५ वर्षीया सीता पण्डीत रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकललाई साईड दिने क्रममा बस घुम्तीबाट २ सय मिटर तल खोचमा खसेको थियो ।
घाइतेमध्य १२ जनाको जिल्ला अस्पताल र २ जनाको बाग्दुलामा उपचार भैरहेको । अन्य १० जनालाई जिल्ला बाहिर रिफर गरिएको प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।